नेपालमा ब्रेन ट्युमरका बिरामी बढ्दै

महिमाखबर महिमाखबर
|
मंगलबार, जेठ २६, २०८३
|
|
७२ पटक हेरिएको
Shares
नेपालमा ब्रेन ट्युमरका बिरामी बढ्दै

सारांश

  • काठमाडौं– नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरको बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
  • विश्व ब्रेन ट्युमर दिवसको अवसरमा आज सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढेको हो ।
  • नेपालभरका २० भन्दा बढी न्यूरो केन्द्रबाट भएको अध्ययन आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष डा राजीव झाले जानकारी दिए ।

काठमाडौं– नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरको बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

विश्व ब्रेन ट्युमर दिवसको अवसरमा आज सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढेको हो ।

नेपालभरका २० भन्दा बढी न्यूरो केन्द्रबाट भएको अध्ययन आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष डा राजीव झाले जानकारी दिए ।

उनका अनुसार २०८२ सालमा तीन हजार जना ब्रेन ट्युमरमा बिरामीको शल्यक्रिया गरिएको छ । विसं २०८१ मा यो सङ्ख्या दुई हजार ६०० थियो ।

शल्यक्रिया गरिएका ब्रेन ट्युमरका बिरामीमध्ये पुरुष बढी रहेका तथ्याङ्कमा उल्लेख छ ।

पुरुष एक हजार ५०२ जनाको र महिला एक हजार ४९८ जना रहेका छन् । उनले सबभन्दा बढी बिरामी ३० देखि ५० वर्ष उमेर समूहका रहेका छन् ।

तथ्याङ्कअनुसार सबभन्दा बढी बागमती प्रदेशमा ३६.४ प्रतिशत बिरामीको शल्यक्रिया गरिएको छ ।

वरिष्ठ न्यूरोसर्जन डा झाले नेपालमा ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बर्सेनि बढिरहेको भन्दै प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताए ।

उनले  स्टेज १ र २ का  ब्रेन ट्युमरको शल्यक्रियामार्फत उपचार गर्न सकिन्छ भने स्टेशन ३ र ४ का बिरामीलाई शल्यक्रियाका साथै विभिन्न थेरापीबाट उपचार गरिने बताए ।

नेपालमा ग्लियोमा (एक प्रकारको ट्युमर) का बिरामी सबभन्दा बढी रहेका छन् । २०८२ मा उच्च ग्रेड ग्लियोमाको अनुपात ४३.१ प्रतिशतबाट बढेर ५५.९ प्रतिशत पुगेको छ ।

यस्तै मेनिन्जियोमा (एक प्रकारको ट्युमर)को बिरामी ७.४ प्रतिशतबाट २०८२ मा २७.१ प्रतिशत पुगेका छन् ।

निरन्तर टाउको दुख्नु, बिहानै उठ्न बित्तिकै वान्ता हुनु, कान नसुन्नु, छारे रोग हुनु, शरीरमा प्यारालाइसिस देखिनुजस्ता लक्षण ब्रेन ट्युमरका हुन् ।

वीर अस्पतालले दुई वर्षदेखि निःशुल्क ब्रेन ट्युमर शल्यक्रिया गर्दिआएकामा यो सेवा आगामी जुन महिनासम्म उपलब्ध हुने डा झाले बताए ।

 

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। आवश्यक ठाउँहरू * ले चिन्ह लगाइएको छ।

महिमाखबर
महिमाखबर
‘सबैको, सबैभन्दा राम्रो’
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?