साइबर सुरक्षाको संस्था ‘एनपी–सर्ट’ मा नयाँ कार्यसमिति चयन

महिमाखबर महिमाखबर
|
सोमबार, जेठ २५, २०८३
|
|
३७ पटक हेरिएको
Shares
साइबर सुरक्षाको संस्था ‘एनपी–सर्ट’ मा नयाँ कार्यसमिति चयन

सारांश

  • काठमाडौं– नेपालको साइबर सुरक्षा सुदृढीकरणमा सक्रिय संस्था इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपी–सर्ट) ले नयाँ नेतृत्व चयन गरेको छ ।
  • शनिबार सम्पन्न १०औँ वार्षिक साधारणसभाले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका सहायक प्राध्यापक तथा सूचना प्रविधि विज्ञ डा.
  • राजीव सुब्बाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

काठमाडौं– नेपालको साइबर सुरक्षा सुदृढीकरणमा सक्रिय संस्था इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपी–सर्ट) ले नयाँ नेतृत्व चयन गरेको छ ।

शनिबार सम्पन्न १०औँ वार्षिक साधारणसभाले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका सहायक प्राध्यापक तथा सूचना प्रविधि विज्ञ डा. राजीव सुब्बाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा प्रा.डा. सुदन झा, ई. तुलसीराम श्रेष्ठ र सुमन कुमार शर्मा रहनुभएको छ भने महासचिवमा डा. सुमन थपलिया निर्वाचित भएका छन् । त्यस्तै, सचिवमा कृष्णप्रसाद पाण्डे र कोषाध्यक्षमा प्रवीण खड्का चयन भएका छन् ।

कार्यकारी सदस्यहरूमा रेजिना डाँगी, ई. रुचि पाण्डे, सुदीप घिमिरे, दीक्षा राउत, ई. सन्तोष श्रेष्ठ र रामकृष्ण दाहाल छन् ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। आवश्यक ठाउँहरू * ले चिन्ह लगाइएको छ।

महिमाखबर
महिमाखबर
‘सबैको, सबैभन्दा राम्रो’
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?