गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने

महिमाखबर महिमाखबर
|
सोमबार, जेठ ११, २०८३
|
|
४६ पटक हेरिएको
Shares
गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने

सारांश

  • ११ जेठ, काठमाडौं ।
  • प्रधानमन्त्री बालेन शाहले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् ।
  • उनले त्यसको जानकारी राष्ट्रपति कार्यालयलाई दिइसकेका छन् ।

११ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । उनले त्यसको जानकारी राष्ट्रपति कार्यालयलाई दिइसकेका छन् ।

गणतन्त्र दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुने गर्दछ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सहित विशिष्ट व्यक्तिहरुको सहभागिता रहन्छ । सो समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा छ ।

तर प्रधानमन्त्री बनेदेखि सार्वजनिक समारोहमा नदेखिएका बालेन शाहले गणतन्त्र दिवसको मूल समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री बालेनले सो समारोहलाई सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रहसहित पत्र पठाएको स्रोतले बतायो ।

‘गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले टुँडिखेलमा सम्बोधन नगरेर राष्ट्रपतिलाई सम्बोधन गर्नका लागि आग्रह गर्दै पत्राचार भएको छ,’ स्रोतले भन्यो ।

मन्त्रिपरिषदको निर्णय अनुसार गणतन्त्रको प्रतीक राष्ट्रपति नै हुने भएकाले गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिनु हुन अनुरोध गरिन्छ भन्ने व्यहोराको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको स्रोतले बतायो ।

संविधानको धारा ६६ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकारबारे उल्लेख छ । सो धाराको उपधारा २ मा मन्त्रिपरिषदको सिफारिस र सम्मतिमा राष्ट्रपतिले काम गर्ने व्यवस्था समेत छ । सोही व्यवस्था अनुसार यस वर्ष राष्ट्रपतिले गणतन्त्र दिवसलाई सम्बोधन गर्ने भएका छन् ।

प्रतिक्रिया

तपाईंको विचार लेख्नुहोस्

० कमेन्ट

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। आवश्यक ठाउँहरू * ले चिन्ह लगाइएको छ।

महिमाखबर
महिमाखबर
‘सबैको, सबैभन्दा राम्रो’
सम्पादक बाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
नेकपा एमाले रत्ननगरको अध्यक्षमा इश्वरी अर्याल
नेकपा एमाले रत्ननगरको अध्यक्षमा इश्वरी अर्याल
वीरगञ्जका मेयर सिंहसहित सात जनाविरुद्ध अख्तियारले चलायो भ्रष्टाचार मुद्दा
वीरगञ्जका मेयर सिंहसहित सात जनाविरुद्ध अख्तियारले चलायो भ्रष्टाचार मुद्दा
‘चितवनमा हाइब्रिड’ मकैको बीउ पाउन कठिन
‘चितवनमा हाइब्रिड’ मकैको बीउ पाउन कठिन
सकियाे वन्यजन्तु सप्ताह : संरक्षणकर्मीलाई सम्मान, क्षतिकाे राहत वितरण 
सकियाे वन्यजन्तु सप्ताह : संरक्षणकर्मीलाई सम्मान, क्षतिकाे राहत वितरण 
महिला विश्वकप एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा
महिला विश्वकप एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा
बालेनको च्यानलमा देखिएको ‘ज्ञानेन्द्र खोज्ने’ गीतको  वास्तविकता के हो ?
बालेनको च्यानलमा देखिएको ‘ज्ञानेन्द्र खोज्ने’ गीतको वास्तविकता के हो ?
आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
रत्ननगर-९ मा विपद् व्यवस्थापन आधारभूत तालिम
रत्ननगर-९ मा विपद् व्यवस्थापन आधारभूत तालिम